free website hit counter

लकडाउनमा महानायकको सक्रियता

beemaadmin
२०७७ बैशाख २६, शुक्रबार

नेपाली चलचित्रका सदाबहार नायक राजेश हमाल ५० वर्ष नाघिसक्दा पनि उत्तिकै फिट एण्ड फाइन देखिन्छन् । त्यसको राज बल्ल उनले सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेका छन् । लगातारको लकडाउनका बेला उनले आफू स्वस्थ रहन गर्ने सबै क्रियाकलाप सामाजिक सञ्जालमा प्रस्तुत गर्दै आएका छन् । अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक सञ्जालको नशाले राम्रैसँग छोएको छ । नायक हमाल लकडाउनको समय घरमा छन् । उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । नायक हमालले विशेषगरी सामाजिक सञ्जालमा लकडाउनको समयमा आफूले व्यायाम गर्दै गरेको तस्वीर र भिडियो बढी पोस्ट गरेका छन् । लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायाम गर्दै आएका छन् । हरेक दिन बिहान व्यायाम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् । हमालको यो मेन्टेनबाट अहिलेका युवाहरूले धेरै कुरा सिक्न सक्छन्। नायक हमालको व्यायामले पक्कै पनि उनका शुभचिन्तकहरू माझ गज्जबको छाप छाडेको हुनुपर्छ।

सम्बन्धित समाचार