free website hit counter

लाभांश पारित गर्न बोलायो एलआईसी नेपालले वार्षिक साधारणसभा

beemaadmin
२०७७ माघ २२, बिहीबार

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरशन (नेपाल) ले आगामी फागुन २५ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारित गर्न सो दिन सभा आव्हान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५–७६को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई अबको सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

कम्पनीको १८औ वार्षिक साधारणसभा फागुन २५ गते काठमाडौंमा हुने भएको हो । सभाको मिति तय गरेको कम्पनीले हालसम्म बुक क्लोजको मिति भने तय गरेको छैन ।

सम्बन्धित समाचार