काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आब २०७८–७९ को बार्षिक प्रतिबेदन पारित गरी आब २०७९–८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल १२.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५ औं वार्षिक साधारण सभामा आ।ब। २०७८–७९ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
साथै, १५ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु (समूह क) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह ख) को तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित भएका छन् ।