free website hit counter

लोकसेवा आयोगले सार्वजनिक गर्यो राेकिएकाे अन्तर्वार्ताको तालिका

beemaadmin
२०७७ जेष्ठ १९, सोमबार

काठमाडौं । लगातारको लकडाउनका कारण ठप्प जस्तै रहेको लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ताको मिति सार्वजनिक गरेको छ । ११ चैत्रदेखि शुरु भएको लकडाउन लम्बिँदै गएका कारण स्थगित हुँदै आएको सहसचिव वा सो सरहको अन्तर्वार्ता कार्यतालिका आयोगले आज सार्वजानिक गरेको हो । लोकसेवा आयोगको आज बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको हो ।आयोगका अनुसार विज्ञापन नम्बर १६६५३/०७६-०७७ (आ.प्र.) नेपाल प्रशासन सेवा, १६६५४/०७६-०७७ (आ.प्र) नेपाल लेखा परीक्षण सेवा, १६६५५/०७६-०७७ (खुल्ला तथा समावेशी) नेपाल प्रशासन सेवा र १७१५१/०७६-०७७ (आ.प्र) नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल तर्फको कार्यपालिका निर्धारण गरिएको छ । कार्य तालिका अनुसार असार २ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार