free website hit counter

लोकसेवा आयोगले सार्वजनिक गर्यो राेकिएकाे अन्तर्वार्ताको तालिका

beemaadmin
२०७७ जेष्ठ १९, सोमबार

काठमाडौं । लगातारको लकडाउनका कारण ठप्प जस्तै रहेको लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ताको मिति सार्वजनिक गरेको छ । ११ चैत्रदेखि शुरु भएको लकडाउन लम्बिँदै गएका कारण स्थगित हुँदै आएको सहसचिव वा सो सरहको अन्तर्वार्ता कार्यतालिका आयोगले आज सार्वजानिक गरेको हो । लोकसेवा आयोगको आज बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको हो ।आयोगका अनुसार विज्ञापन नम्बर १६६५३/०७६-०७७ (आ.प्र.) नेपाल प्रशासन सेवा, १६६५४/०७६-०७७ (आ.प्र) नेपाल लेखा परीक्षण सेवा, १६६५५/०७६-०७७ (खुल्ला तथा समावेशी) नेपाल प्रशासन सेवा र १७१५१/०७६-०७७ (आ.प्र) नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल तर्फको कार्यपालिका निर्धारण गरिएको छ । कार्य तालिका अनुसार असार २ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार