free website hit counter

लोकसेवा आयोगले ४७२ उपसचिव र २१६ सहसचिव माग्यो

beemaadmin
२०७६ आश्विन २९, बुधबार

काठमाडौं । लोकसेवा आयोगले लामो समयदेखि सहसचिव र उपसचिवको विज्ञापन नखुलाउँदा सहसचिव प्रमुख हुने कतिपय कार्यालयहरु शाखाअधिकृतको भरमा सञ्चालन भइरहेका थिए । सातवटै प्रदेशका प्रदेश प्रमुख कार्यालयहरु सचिवविहीन अवस्थामा छन् भने प्रदेशका मुख्यमन्त्री कार्यालयहरुमा पनि सहसचिव पद खाली हुँदा नीति निर्माण र समन्वयमा समेत बाधा पुग्न गएको छ । कर्मचारीको अभाव भइरहेको बेला लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह) का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो ।
निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो इतिहासमै पहिलोपटक हो ।
लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।
प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक(एक जना सहसचिवको विज्ञापन खुलेको छ ।
यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३-३ जनाको विज्ञापन प्रकाशित भएको छ । प्राविधिकतर्फ नै जनरल मेकानिकलतर्फ २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक(एक जनाको विज्ञापन खुलाइएको छ ।

सम्बन्धित समाचार