काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका केही शाखा खुल्न दिइएको थियो । काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट वडाध्यक्षको दबावपछि बन्द भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले बारबारको दबावपछि भाटभटेनी बन्द गराएका हुुन् । सुरक्षाका लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेका कारण बन्द गराउनु परेको ढकालले बताएका छन् । अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् । संक्रमणबाट फैलन नदिन भन्दै बाहिर लाइन लगाएर दूरी कायम गर्न भनिए पनि भित्र पसिसकेपछि भाटभटेनीले कुनै सतर्कता नअपनाएको बताइएको छ ।