काठमाडौं । कम्युनिष्ट पार्टीमा देखा परेको सत्ता स्वार्थ र भ्रष्टाचारका विरुद्ध जनयुद्धले छाडेका अधुरा कार्यक्रमहरुलाई सफल बनाउन बन्दूककै सहारा लिने घोषणा गरेर छुट्टै पार्टी स्थापना गरी देशवासीका नाममा आङ्खनो अभियान चलाएका नेकपा चन्द पक्षले सत्ताधारी दलबाट वातावरण बनाइएको खण्डमा आफ्नो तहबाट वार्तामा आउनसक्ने संकेत दिएको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो संकेत देखाएको हो ।
वर्तमान सत्तापक्षको चरित्र भ्रष्टाचार, कमिशनमुखी, देशद्रोही देखिएको दाबी गर्दै राष्ट्रिय स्वाभिमान सार्वभौम अखण्डताको रक्षा र जनताको हीतमा लाग्न वारम्बार युद्धको धम्की दिँदा पनि वर्तमान सरकारको प्रवृत्तिमा फरकपन नदेखिएको आरोप लागिरहेको छ । यही सन्दर्भमा कम्युनिष्ट पार्टीको सरकारले नेकपा चन्दसँग वार्ता गर्ने भनेर सांसद सोमनाथ पाण्डेको नेतृत्वमा गठन गरेको वार्ता समितिलाई नपत्याएका नेत्रविक्रमले सत्ता पक्षीय नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुको सहभागीतामा आफू वार्तामा बस्न सक्ने संकेत यसअघि पनि नगरेका होइनन् ।
पछिल्लो पटक केन्द्रीय समितिको बैठकपछि चन्दपक्षले जारी गरेको विज्ञप्ति यस्तो छ:
