काठमाडौं । जहाँसुकै काम गर्ने कर्मचारी होस्, उसको गुनासो हुन्छ, सुविधा भएन, तलब पुगेन । तर अब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले त्यस्तो गुनासो गर्नु नपर्ने अवस्था आउँदैछ । अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुविधै सुविधा प्राप्त हुने भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको कर्मचारी सेवा विनियमावलीको मस्यौदामा यस्ता सुविधाको व्यवस्था गरिएको हो । मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारी भर्ना प्रक्रिया र व्यवस्था, पालना गर्नुपर्ने आचरण जस्ता विषय उल्लेख गरिएको छ । कर्मचारीहरुले चाडपर्व खर्च, विशेष तथा अतिरिक्त समय काम गरे वापतको भत्ता, कार्यालय पोशाक भत्ता, संचयकोष, कर्मचारी सापटी सुविधा, दैनिक तथा भ्रमण भत्ता पाउनेछन् ।
साथै बैंक तथा वित्तीय सस्थाले कर्मचारीको उपदानको व्यवस्था, कर्मचारीको सेवाको सुरक्षा, जोखिम बीमा, यातायातको सुविधा पनि पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको भत्ता, सुविधा तथा ग्रेड एक वर्ष सेवा अवधि पूरा गरेका प्रत्येक कर्मचारीले प्रत्येक श्रावण १ गते कर्मचारी सेवा सुविधा समितिको सिफारिसमा समितिले समय समयमा निर्धारण गरे बमोजिम हुने रकम बरावरको एक तलबमान वृद्धि पाउनेछ । कर्मचारीको श्रीमान श्रीमती, छोरा, छोरी, बाबु, आमा, बाजे, बज्यै वा महिला कर्मचारीको हकमा सासू, ससुराको मृत्यु भएमा वा कर्मचारीको मृत्यु भएमा समितिले तोकेअनुसार दाह संस्कार खर्च दिइनेछ । यस्तै कुनै कर्मचारीले पकाएको तलब, भत्ता निज जुनसुकै कारणबाट सेवामा नरहे पनि पाउँनेछ । चाडपर्व खर्च सुविधाः ९१० बैंक/वित्तीय संस्थाका कर्मचारीहरुलाई चाडपर्वको उपलक्ष्यमा चाडपर्व शुरु हुनु भन्दा पन्ध्र दिन अगावै एक महिनाको खाइपाई आएको तलब, भत्ता, चाडपर्व खर्च वापत दिइनेछ । यसरी चाडपर्व खर्च दिँदा घटस्थापनको अघिल्लो दिन छ महिना सेवा अवधि पुगेको कर्मचारीलाई पुरा तथा सो भन्दा कम सेवा अवधि पुगेको कर्मचारीलाई समानुपातिकरुपले प्रदान गरिनेछ । बैंकका कर्मचारीले ११ प्रकारको बिदा पाउँनेछन् ।
वैकरवित्तीय संस्थाको सेवामा रहेका कर्मचारीको खाइपाइ आएको तलब भत्ताबाट १० प्रतिशत रकम कट्टा गरी सो रकममा वैक/वित्तीय संस्थाको तर्फवाट शतप्रतिशत थप गरी प्रत्येक महिना कर्मचारी संचयकोष रसामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिनेछ । कार्यालय पोशाक लगाउनु पर्ने कर्मचारीलाई वार्षिक रुपमा पोशाक खर्च दिनुपर्नेछ । कर्मचारीहरुलाई कर्मचारी सेवा सुविधा समितिको ज्ञट सिफारिशमा समितिले समय-समयमा निर्धारण गरी दैनिक तथा भ्रमण भत्ता प्रदान गरिनेछ ।
मस्यौदामा महिला कर्मचारीले आफु गर्भवति भएको जानकारी आफू कार्यरत संस्थालाई दिनुपर्नेछ । यसरी जानकारी प्राप्त भएमा निजलाई रातको समयमा वा लगातार उभिनु पर्ने काममा वा चिकित्सकले नीजको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनी उल्लेख गरिदिएको काममा नलगाइने उल्लेख छ । यस्तै गर्भवती महिला कर्मचारीलाई प्रसुति हुनु भन्दा अघि वा पछि सेवा अवधिमा दुई पटक सबै सुविधा सहितको मातृत्व संरक्षण बिदा दिइनेछ ।
बैंक र वित्तीय संस्थाको सेवामा रहेका महिला कर्मचारीले प्रसुति हुनुभन्दा अगाडि र पछाडि गरी १४ हप्ताको मातृत्व संरक्षण बिदा पाउनेछ । यस्तो विदामा बस्ने कर्मचारीले ६० दिन सम्म पुरा तलव भत्ता पाउनेछ र ६० दिन भन्दा बढी निजले उपभोग गरेको मातृत्व संरक्षण बिदा निजले पाउने अन्य बिदाबाट कट्टी हुने गरी हिसाव मिलान गर्न सकिनेछ । गर्भवती महिला कर्मचारीले प्रसुति हुने संभावित मितिभन्दा कम्तिमा एक हप्ता अगाडिदेखि अनिवार्य बिदामा वस्नु पर्नेछ । सम्वन्धित कर्मचारीले माग गरेमा यस्तो विदा लगातार ६ हप्तासम्म पनि थप गर्न सकिनेछ । यस्तो बिदा अन्य संचित विदाबाट कट्टी हुने गरी हिसाव मिलान गरिनेछ । मातृत्व संरक्षण बिदा कुल सेवा अवधिमा दुई पटक सम्म प्रदान गरिने मस्यौदामा उल्लेख छ ।