नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेका उद्योगहरुको लाइन पनि क्रमशः काट्दै जाने रणनीतिमा रहेको बताएका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् । कुल २२ अर्ब २४ करोड रुपैयाँ बक्यौदा मध्ये हालै लाइन बिच्छेद गरिएका ९ उद्योगको मात्रै १२ अर्ब ५० करोड रहेको पनि कार्यकारी निर्देशक घिसिङले बताए । बक्यौदा रहेका अन्य उद्योगहरुको लाइन क्रमशः बिच्छेद गर्दै जाने रणनीतिमा प्रधिकरण रहेको छ, उनले भनेका छन् ।