काठमाडौं । वैशाख मसान्तमा सुनचाँदीको भाउ स्थिर रहेको छ । वैशाख ३१ गते, आइतबार सुन शुक्रबारकै भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । साताको अन्तिम कारोबार दिन भने सुनको भाउ तोलामा ८०० रुपैयाँले गिरावट भएको थियो । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको थियो ।