free website hit counter

व्यवसायीलाई करको आतंक किन ?

beemaadmin
२०७७ जेष्ठ २०, मंगलवार

काठमाडाैं । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले २०७७ जेठ २५ गते सम्ममा कर विवरण बुझाउन र कर चुक्ता गर्न जारी गरिएको सूचना प्रति सम्पूृर्ण निर्यातजन्य बस्तुहरुको उत्पादन तथा निकासी कार्यमा संलग्न उद्यमी, व्यवसायिहरु को प्रतिनिधि मूलक संस्था नेपाल निर्यात परिषद Export Council of Nepal (ECON) को गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ । कोभिड–१९ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभाव तथा लकडाउन को कारणवाट सम्पूर्ण निर्यातजन्य वस्तुहरु को उत्पादन तथा निकासी कार्य ठप्प भएको अवस्थामा सरकार ले उद्यमी, व्यवसायीहरुलाई समय नै किटान गरेर कर विवरण बुझाई कर चुक्ता गर नभए ब्याज र जरिवाना सहित असुल उपर गरिने भन्ने प्रकारको असान्दर्भिक र अव्यवहारिक निर्णय तत्काललाइ लागु नगर्न नेपाल निर्यात परिषद जोडदार माग गरेकाे छ ।  सरकारको यो निर्देशनले निर्यातजन्य वस्तुहरुको उत्पादन तथा निकासी कार्यमा संलग्न उद्यमी व्यवसायीहरू मा आतंक सिर्जना गरेको, उद्योग व्यवसायहरु संचालन गर्ने र बाहिर निस्कने अवस्था नरहेको, व्यापार व्यवसाय बन्द भै उत्पादन तथा निकासी कार्य ठप्प भएको अहिलेको यस विषम परिस्थितिमा उद्यमी व्यवसायीहरु लाइ थुनेर राख्ने अनि तुरुन्तै कर विवरण दाखिला गरी कर चुक्ता गर नभए कावाही गर्ने भन्ने प्रकारको सरकारको यो एकोहोरो नीति समग्र निर्यात क्षेत्रमा संलग्न उद्यमी व्यवसायीहरु लाई स्विकार्य नभएको जानकारी गराउँदै सरकारवाट गरिएको अमिल्दो, अव्यवहारीक र हामी उद्यमी, व्यवसायीहरु लाई समस्यामा पार्ने निर्णयलाइ पुनर्बिचार गर्न नेपाल निर्यात परिषदले सरकारसमक्ष अनुराेध गरेकाे छ ।

सम्बन्धित समाचार