काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ।
शिखर इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। शिखरले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर हकप्रद निष्काशन गर्नेछ। कम्पनीले जेठ २५ गते हकप्रद निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो। कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यपिटल रहेको छ।