free website hit counter

शिखर इन्स्योरेन्सको खुद नाफा ३६ करोड माथि

beemaadmin
२०७८ बैशाख ३०, बिहीबार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.२६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद बीमाशुल्क पनि ११.९७ प्रतिशतले बढेर एक अर्ब ८ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत ४६ करोड ४९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्ममा २ लाख ११ हजार ९९६ वटा बीमालेख जारी गरी २ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार ९१४ दाबीबापत १ अर्ब ७३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९ हजार २८६ दाबी वापत १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

सम्बन्धित समाचार