free website hit counter

शिखर इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक पनि सकारात्मक

beemaadmin
२०८० माघ २९, सोमबार

काठमाडौ । अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५५ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.०३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ५१ करोड ४ लाख रुपैयाँ थियो। खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा १९।१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १.७९ प्रतिशत बढेको छ भने खुद दाबी खर्च २२।१२ प्रतिशत र कुल खर्च ४.३५ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा रहेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४०.०४ गुणा रहेको छ। २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड ७६ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार