free website hit counter

शेयर बजारमा थप १५ कम्पनीको साढे ५ अर्बको आइपीओ आउँदै

beemaadmin
२०७७ चैत्र २२, आईतवार

काठमाण्डौ । शेयर बजारमा आम सर्वसाधारणको चासो बढेको छ । चिया पसलमा पनि अहिले शेयरकै कुरा हुन थालेको छ । दोस्रो बजारमा समेत सर्वसाधारणले चासो बढाएको बेला आइपीओमा भने लाखौं मानिस धुइरिन थालेको प्रमाण पछिल्लो पटक रेकर्ड ब्रेक गरेको ज्योति लाइफ इन्स्योरेन्सको माग आवेदनले पुष्टि गरिसकेको छ ।

यही बेला शेयर बजारमा ११ वटा जलविद्युत कम्पनीसहित थप १५ कम्पनीले आईपीओ निष्कासनको तयारी गरिरहेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ११ वटा जलविद्युत, २ लघुवित्त र २ अन्य समूहका कम्पनी रहेका छन् ।

Advertisement
Advertisement

यी कम्पनीका आईपीओबाट कुल ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० रुपैयाँ जुट्नेछ। जलविद्युत समूहका सहास ऊर्जा, सामलिंग पवार, बूद्धभूमि नेपाल हाइड्रो, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, हिमालयन हाइड्रोपावर, माइलुङ खोला जलविद्युत, मध्यभोटेकोसी जलविद्युत, ङादी हाइड्रोपावर र विन्ध्यावासी हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

Advertisement
Advertisement

यीमध्ये सहाय ऊर्जाले १ अर्ब ५ करोड रुपैयाँ, सामलिंगले १२ करोड ३० लाख रुपैयाँ, बुद्धभूमि नेपालले १२ करोड रुपैयाँ, सयपत्रीले ९ करोड रुपैयाँ, बलेफीले ३६ करोड ५५ लाख रुपैयाँ र ग्रीन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन्। त्यस्तै हिमालयनले २२ करोड ५० लाख रुपैयाँ, माइलुङ खोलाले ७ करोड ३६ लाख रुपैयाँ, मध्यभोटेकोशीले १ अर्ब ५० करोड रुपैयाँ, ङादीले ४० करोड ५० लाख रुपैयाँ र विन्ध्यावासिनीले २५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएका छन्।

यसैगरी मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन्। मनकामना स्मार्टले ३८ करोड ९० लाख रुपैयाँ र जीवन विकासले १९ करोड ७७ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेका छन्। अन्य समूहका डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावर डेभलपरले २५ करोड १८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको अनुमति मागेका छन्।

सम्बन्धित समाचार