free website hit counter

संक्रमणकाे डर देखाउँदै सिसडोलबासीले रोकिदिए काठमाडौंको फोहोर

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

काठमाडौं । संक्रमणको डर देखाउँदै सिसडोलबासीले काठमाडौंको फोहोर लैजान अवरोध गरेका छन् फोहोरका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नुवाकोटको सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न अवरोध गरेका हुन् । अवरोधपछि काठमाडौं महानगरपालिकाले दुई दिनदेखि सडकबाट फोहोर उठाउन सकेको छैन । कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्ने महानगरपालिका फोहोरमा अड्किन पुगेको छ । सिसडोलका बासिन्दाले लकडाउनको अवधिभर फोहोर लिएर नआउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका छन् । स्थानीयले फोहोरका कारण आफ्नो क्षेत्रमा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै त्यसलाई न्युनीकरण गर्ने गरी ढुवानी गरेमात्रै फोहोर फाल्न दिने अडान राखेका छन् ।
उता, गृह मन्त्रालयले सवारी र चालकहरुको सुरक्षाको प्रत्याभूति दिँदै फोहोर विर्सजनको काम थाल्न महानगरपालिकालाई सुझाव दिएको छ । महानगरपालिकाले पनि भोलिबाट सडकको फोहोर उठाउन सुरु गर्ने बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार