काठमाडौं । राजधानीमा एक पछि अर्को कोरोना संक्रमण देखिएपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। बोर्डले बिहीबार अर्को व्यवस्था नभएसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । कोरोनाको बढ्दो संक्रमणका कारण बजार बन्द गर्ने निर्णय गरिएको उनले बताए। परिस्थिति सहज नभएसम्म बजार नखुल्ने पनि उनले स्पष्ट पारेका छन् ।