free website hit counter

सगरमाथा इन्स्योरेन्समा साढे २ अर्बको खुशीयाली

beemaadmin
२०७८ श्रावण ३, आईतवार

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसपछि एक महिनामै कम्पनीले थप ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले आर्थिक वर्षको पहिलो दिन आफ्ना कर्मचारीमाझ केक काटेर खुशी साटासाट गरेको हो । कम्पनीले गत असार ३० गते मात्रै आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले सेयरधनीलाई ११।५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।५७८९ प्रतिशत नगद लाभांश पाउने छन् ।
कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको सभाले जानकारी गराएको छ ।

सम्बन्धित समाचार