free website hit counter

सङ्क्रमित ग्राण्डीका कर्मचारी, उपचार पाटन अस्पतालमा

beemaadmin
२०७७ जेष्ठ ११, आईतवार

काठमाडौँ । कोरोनाको संक्रमण जताततै फैलिएको छ । अस्पतालहरुमा समेत संक्रमण फैलिएको आंश हुन थालेको छ । टोखास्थित ग्राण्डी अस्पतालका एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसारअस्पतालको ल्याबमा काम गर्ने ३५ वर्षीय पुरुषलाई कोरोना भएको हो । उहाँले महाशाखाको टोली ग्राण्डी अस्पताल गएर कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताउनुभयो । डा. पाण्डेले सङ्क्रमित बिरामीलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा ल्याई उपचार जारी रहेको बताउनुभयो । यता ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बेलुकासम्म सबै विवरण आउने जानकारी दिँदै कोरोनाका लागि छुट्टै राखेर उपचार गर्ने वार्ड बनाइएको बताउनुभयो । रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले सङ्क्रमित पुरुष काम गर्ने वार्ड सिल गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार