free website hit counter

सन नेपाल लाइफको लाभांश घोषणा

beemaadmin
२०८० फाल्गुन १३, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसका साथै इन्स्योरेन्सले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ। फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद शेयर निष्काशन गरिनेछ।

सम्बन्धित समाचार