free website hit counter

सन नेपाल लाइफ ५औँ वर्षमा

beemaadmin
२०७८ आश्विन ६, बुधबार

काठमाडौं । जीवन बीमा क्षेत्रमा आफ्नो गर्बिलो स्थान बनाउँदै अघि बढेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गौरवमय ४ वर्ष पुरा गरी ५औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ असोज ६ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । नेपालको जीवन बीमा व्यवसायमा सन नेपालले छोटो अवधिमै व्यवसायिक छापम छाड्न सफल भएको छ । पाँचौ वर्ष प्रवेशको अवसरमा कम्पनीले व्यवसायिक उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबै प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी किसिमले जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
स्थापनाको छोटो अवधिमै जीवन बीमा कोष २ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको सन नेपालले जगेडा कोषमा पनि ३४ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ । हालसम्म ४ अर्ब ३९ करोड रुपैयाँ भन्दा धेरै कुल बीमा शुल्क आर्जन गरिसकेको छ । करिव एक लाख ५६ हजार वटा बीमा पोलिसी जारी गरिसकेको छ ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको सन नेपालले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर जारी गर्ने तयारी गरेको छ । प्रिमियम सहित प्राथमिक शेयर जारी गर्ने तयारीले पनि कम्पनीको प्राथमिक शेयर निष्काशनमा ढिलाइ भइरहेको छ ।  अर्थबीमा परिवार पनि सन नेपाल लाइफ इन्स्योरेन्सको आगामी व्यवसायिक यात्रा अझै गतिमय बनोस् भन्ने शुभकामना व्यक्त गर्दछ ।

सम्बन्धित समाचार