free website hit counter

सरकारले निःशुल्क उपचार गर्ने कोरोनाको बीमा किन चाहियो ?

beemaadmin
२०७७ चैत्र २१, शनिबार

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीमा देखिएको असहजताले बीमा व्यवसायप्रतिनै नकारात्मक सन्देश फैलाउन सक्ने अवस्था सिर्जना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बीमा आवश्यक नभएको बताएका छन् । मेलम्ची खानोपानी वितरणको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिले सरकारले निशुल्क उपचार र खोप वितरण गरिरहेकाले कोरोना बीमा आवश्यक नभएको बताए । प्रधानमन्त्रीले भने, स्वाव परीक्षण, उपचार निशुल्क गरेपछि बीमा आवश्यक थिएन । तर हडबढीमा बीमा गरीयो त्यसलाई अब सच्याउन जरुरी छ । बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्री सुरु गरेका थिए । समितिले सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै ५० हजार र एक लाख रुपैयाँ बीमांकको दुई बीमालेख बिक्री गर्दै आएका छन् । समितिले भदौ २९ गते देखि बीमा मापदण्ड संशोधन गर्दै दाबी भुक्तानीमा परिमार्जन गरेको छ ।

सम्बन्धित समाचार