free website hit counter

सहसचिव र उपसचिव माग्दै लोकसेवा

beemaadmin
२०७६ आश्विन २७, सोमबार

काठमाडौं । आयोगले लामो समयदेखि सहसचिव र उपसचिवको विज्ञापन नखुलाउँदा सहसचिव प्रमुख हुने कतिपय कार्यालयहरु शाखाअधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सातवटै प्रदेशका प्रदेश प्रमुख कार्यालयहरु सचिवविहीन अवस्थामा छन् भने प्रदेशका मुख्यमन्त्री कार्यालयहरुमा पनि सहसचिव पद खाली हुँदा नीति निर्माण र समन्वयमा समेत बाधा पुग्न गएको छ ।

कर्मचारी समायोजनको लफडाले लामो समयदेखि हुन नसकेको प्रशासन सेवातर्फको सहसचिव र उपसचिव तहको विज्ञापन खोल्ने तयारी लोकसेवा आयोगले गरेको छ । लोकसेवा आयोगले यी तहमा झण्डै ६ सयको संख्यामा विज्ञापन गर्ने अन्तिम तयारी गरिरहेको बताइएको छ ।
लामो समयदेखि यी तहमा विज्ञापन नखुल्दा अधिकृतदेखि उपसचिवतहसम्मका कर्मचारीहरु मर्कामा परेका थिए । लामो समयदेखि रोकिएको सहसचिवदेखि उपसचिव पदको आन्तरिक र वाह्य गरी ६ सय भन्दा बढी संख्यामा यी तहमा विज्ञापन खोल्ने अन्तिम तयारी गरिरहेको छ ।
आयोगका अनु्सार आगामी बुधबार नै यी तहका लागि विज्ञापन खुलाइने छ । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार आगामी बुधवार सह सचिव र उपसचिव पदका लागि विज्ञापन खोल्ने आयोगले तयारी गरिरहेको जनाए ।
आयोगले निजामतितर्फ झण्डै २ सय सह सचिव र स्वास्थ्यतर्फ करीब ४ सय हाराहारीको संख्यामा उपसचिवको विज्ञापन खुलाउने तयारी गरेको छ । यही संख्यामा आयोगले विज्ञापन खुलाएको खण्डमा आयोगले अहिलेसम्म गरेका विज्ञापनमध्ये ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन हुनेछ ।

सम्बन्धित समाचार