free website hit counter

साउन २७ गतेदेखि भदाै १ गतेसम्म

beemaadmin
२०७७ श्रावण २७, मंगलवार

२७ गते श्री कृष्ण जन्माष्टमी ।
२८ गते अन्तराष्ट्रिय युवा दिवस । ३१ गते अजा एकादशी व्रत ।

मेष : आफ्नो दृढताले पराजय सामना गर्नु पर्ने छैन । आलोचना गर्नेहरु तपाईको प्रशंसा गर्न थाल्नेछन । कार्य क्षमतामा ससाना त्रुटीहरुले मर्यादामा आचँ पुर्याउन सक्छन्, कार्य सम्पादन गर्दा विशेष होशियार अपनाउनु नै उत्तम हुनेछ । सुनौलो रंग अवलम्वन गर्दा फलिफाप हुनेछ ।

वृष : अध्यातमिक चिन्तन योग तथा ध्यानले दुर्भावनाहरु समाप्ती हुँदै भावि मार्ग पहिल्याउन सहज हुनेछ । असहज परिस्थितिलाई आत्मसाथ गर्दा आकस्मिक लाभ हुन सक्नेछ । मान्यजनको भनाई पालना गर्दा थोर बहुत मानसिक पिडा भए पनि अन्नतः फाइदा नै हुनेछ ।

मिथुन : उच्च ओहदका कर्मचारीको निगरानीमा सर्तकता अपनाउनु पर्नेछ । विवेक पुर्याएर कार्य गरेमा उचित स्थान पाइनेछ । वाहिरी कुरा विश्वास गरी पे्रमिकाले चित्त दुखाउदा , तपाईलाई पनि निराशले सताउने छ । सोमबार पछिका दिनहरुमा एकले अर्कालाई बुझनेछन् ।

कर्कट : साताको सुरुवातमै सफलताका लागि कडा मेहनत गर्नु पर्नेछ । अध्ययनमा बाधा आउनुका साथै बोलिको तिब्र आलोचना हुन सक्छ । मनोरञ्जनात्मक क्र्रियाकलापमा सहभागी हँुदा विवेक पुर्याउनु पर्नेछ । साताको अन्त्यमा सहयोगीहरुले समस्या सावधानको बाटो देखाइ दिदाँ अधि बढ्न सहयोग पुग्नेछ ।

सिंह : यूवा यूवती माझ नौलो चर्चित परिचय दिन सकिनेछ । गुणस्तरिय व्यवसाय शुरुआत गर्न साझेदारी बिच मत मिल्ने छ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन् सचेतनाले आफ्नो हित हुनेछ । मनोरन्जन तथा यात्रामा सहभागि हुँदा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

कन्या : मौसमी फेरबदले स्वास्थमा असर पार्न सक्छ । छोटो समयमा परिचित इष्ट , मित्रलाई विश्वास गर्नाले धोका हुन सक्छ । सोमबार र मंगलबार सतर्कता पूर्वक कार्य गर्नु होला । मठ मन्दिरको यात्रामा समय खर्चदा तनावमुक्त भइनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्नेछ ।

तुला : रोकिएका कार्यमा पुनः प्रयत्न गर्दा सफलता प्राप्त होला । आकर्षक पहिरनले अरुको मन लोभ्याउन सकिनेछ । पाहुनासगँ रमाउदै विशेष परिकारको आन्नद लिन पाइनेछ । चुरो कुरा नबुझी गरिएको व्यवहारले प्रेमी प्रेमिका चिडिन सक्छिन । साताको अन्त्यमा परोपकारी कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।

वृश्चिक : जीवनशौलिमा परिवर्तन ल्याउन थप मेहनत गर्नुपर्नेछ । परिवारका जेष्ठ सदस्यहरुले तपाईको भावी करियर तथा सम्भावनाहरुलाई मार्गदर्शन गरी महत्वपुर्ण सुझाव दिनेछन । रातो रंगको पहिरनले उन्नतीको मार्ग पहिल्याउन सहज हुनेछ । धार्मिक कार्यमा सहभागी हुदै पूण्य आर्जन तर्फ आकर्षित भइनेछ ।

धनु : तत्काल देखिएको आर्थिक अभावलाई निराकरण गर्न अभिभावबाट सहयोग लिनु होला । सबै खाले साथीभाइहरुप्रति विश्वासमा नगर्नुहोला । खराव आचरण भएकाहरुले पिछा गर्न सक्छन । जिद्दि गर्ने स्वभावले पछि परिनेछ । अनावश्यक निमन्त्रणमा सहभागी हुदाँ समयको तथा स्वास्थको ख्याल गर्नुहोला ।

मकर : कार्य सम्पन्न गर्न बिलम्व भएता पनि सहि मार्ग पहिल्याउन सकिनेछ । परिवारका जेष्ठ सदस्यहरुको सुझाव अनुरुप व्यवहार तथा व्यवसाय गर्दा मुनाफा प्राप्त हुनेछ । सेता तथा निलो रंगका अनुसरणले कार्य सम्पन्न गर्न सहज बनाउनेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

कुम्भ : महंगाा सामाग्री खरिद गर्न मनसाय राख्दा अभिभावकले आफनो भावनाको वेवास्था गर्ने सम्भावना छ । मित्रहरुले सोचेजस्तो सहयोग नगर्दा रोजगारीका नयाँ अवसर गुम्ने अवस्था सृजना हुन सक्छ , हेक्का राखी बिचार आदनप्रदान गर्नुहोला । हनुमानको आरधनाले सोचेको फल प्राप्त हुनेछ ।

मीन : उपल्लो दर्जाका व्यत्तिहरुले महत्वपुर्ण सुझाव तथा जिम्मेवार दिनेछन । कृषि क्षेत्रमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ । कर्मचारीवर्गका निम्ति थप जिम्मेवारी आइलाग्ने सम्भावना छ । साताको अन्त्यमा विभिन्न परिकारका भोजन तथा सुन्दर वस्त्रले पहिरनले आनन्दित तुल्याउनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार