काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभाले दुईजना सञ्चलक चयन गरेको छ । सभा केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष ७६÷७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । यस्तै आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी सर्वसम्पत रुपमा पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने गरी २ जना सञ्चालकमा प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठ निर्वाचित भएका छन् ।