काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। माघ १० गते बसेको सो इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको छ।