free website hit counter

सानिमा बैंकको लाभांश प्रस्ताव

beemaadmin
२०७९ कार्तिक ६, आईतवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट सानिमा बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०।९८ प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँ नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार