काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी दिएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्णप्रसाद खनालकी श्रीमती बिष्णुमाया तिमल्सिनालाई चौतारा स्थित उपशाखा कार्यालयमै मृत्युदाबी मृत्यु दावी हस्तान्तरण गरिएको हो । गत मंसिर ८ गते चौतारा उपशाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङकको सानिमा दम्पती बीमा योजना खरीद गरेका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णु माया तिमल्सिना लाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । बीमितले ५ लाखको १५ बर्षे सानिमा दम्पती जीवन बीमाा गरेकाले अब बाँकी १४ किस्ता कम्पनिले तिर्ने र अबधी पूरा भएपछि बोनश र बीमाङक सहित एकमुष्ट रकम फिर्ता गर्ने कम्पनीका ३ नम्बर रिजनल म्यानेजर बलराम खत्री तिमल्सिनाले जानकारी दिए। स्वर्गिय कृष्ण प्रसाद खनालले प्रथम बीमा शुल्क बापत ५२ हजार ४३३ रुपैया बुझाएका थिए । कार्यक्रममा ३ न रिजन प्रमुख तिमल्सिना, सोही कार्यालयका प्रबन्धक सुजता सापकोटा, एमडिआरटि एनबि गुरुङलगायतको उपस्थिति रहेको थियो ।