काठमाडौं । स्थापनाको छोटो समयमै जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सबै सूचांकमा प्रगति गरेको देखाएको छ । कम्पनीले समिक्षा अवधिसम्म ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३४ दशमलव ७७ प्रतिशतले बढी हो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफा १५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ८० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ९७ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २ गुणाभन्दा बढीले बृद्धि गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको वर्षको सोही अवधिमा कम्पनीले ८ लाख ३० हजार रुपैयाँ मात्र दुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ७० गुणाभन्दा बढीले बृद्धि गर्न सफल भएको छ ।