काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ मा खुद बीमा शुल्क आर्जन १३३ प्रतिशत र कुल बीमा शुल्क आर्जन १३४ प्रतिशलते बढाउन सफल भएको छ ।
यस अवधिमा खुद बीमा शुल्क आर्जन एक अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन एक अर्ब ९६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यहि अवधिम कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ करोड ९३ लाख रुपैयाँ थियो । त्यस्तै मुनाफा पनि २० प्रतिशतले बृद्धि भएको छ । सानिमा लाइफले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
मुनाफामा सुधार सँगै जगेडा कोष १०३ प्रतिशतले बृद्धि भएर २४ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले गत साता प्राथमिक शेयर निष्काशन गरेर दुई अर्ब पुर्याउन सफल भइसकेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा एक अर्ब ५२ करोड रुपैंयाँ रहेको छ भने शेयरधनीकर्जा तीन करोड ८१ लाख रुपैयाँ मात्रै छ । कम्पनीको व्यवस्थापन खर्च तीन करोड ८१ लाख रुपैयाँ रहेको छ । विभिन्न क्षेत्रमा गरिएको लगानी तथा कर्जा प्रवाहबाट १३ करोड ५१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । दाबी भुक्तानी १० करोड १३ लाख रुपैयाँ छ । अभिकर्ताले प्राप्त गर्ने कमिसन १२३ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले ३४ करोड ४७ लाख रुपैयाँ प्राप्त गरेका छन् ।