free website hit counter

सामसङले स्मार्टफोनको मूल्य घट्यो नि !

beemaadmin
२०७७ असार १८, बिहीबार

काठमाडौं । काेराेना कहरका कारण बजार ठप्प रहेका बेला सामसङले आफ्नो चार वटा स्मार्टफोन मोडलहरुमा मूल्य कम गरेको छ । पहिले रु. ६७,५९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब रु. ५८,९९९ मा उपलब्ध भएको छ । कम्पनीले यसमा रु. ८,६०० को छुट उपलब्ध गराएको छ । ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, 6.7″ SAMOLED डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५००mAhब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबी स्टोरेजरहेको छ । त्यसैगरी, खरिदकर्ताहरुलाई आकर्षित गर्न कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ । अब ए७१ को मूल्य रु. ४९,९९९ कायम गरिएको छ ।

यसमा रहेको उत्कृष्ट 16.95cm (6.7″) Infinity-O sAMOLED+डिस्प्लेले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४एमपी क्यामेराले तस्विरहरु जीवन्त खिच्छ । ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा रहेको 16.40cm (6.5″) Infinity-O sAMOLED डिस्प्लेमा आकर्षक भिडियो क्वालिटी देख्न सकिन्छ । साथै, द्धडःए त्तगबम क्यामेराबाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ ।
ग्यालेक्सी ट्याव ए१०.१ मा कम्पनीले रु. २,००० क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब रु. ३२,२९९ कायम भएको छ । यसमा रहेको 25.54cm (10.1″) FHD डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको छ ।

सम्बन्धित समाचार