free website hit counter

सार्वजनिक यातायात खुल्यो, के के छन् नियम, भाडा कति ?

beemaadmin
२०७७ असार २५, बिहीबार

काठमाडौं । लगातारको लकडाउनका कारण मारमा परेका लाखौं यातायत मजदुरको रोजीरोटीको सवाल बनेको सार्वजनिक यातायातप्रति सरकार केही नरम बनेको छ । सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरको छ। असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा संञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु चल्न दिइने बताएका छन् । सार्वजनिक सवारी साधानमा क्षमताको भन्दा ५० प्रतिशत कम यात्रु राख्ने, सबैले अनिवार्य मास्क लगाउने, स्यानिटाइजर राख्नु पर्ने र दुरी कायम गर्नुे पर्ने सरकारले जनाएको छ । सरकारले तोकेको मापदण्ड पुरा गरेपनि यातायात व्यवसायिहरुले सवारी साधान सञ्चालन गर्न सक्नेछन् । भाडादर भने साविकको भन्दा ५० प्रतिशत बढी लिन सकिने व्यवस्था गरिएको छ । यस्तै ट्याक्सीलाई पनि संचालन गर्न दिने निर्णय गरेको छ । ट्याक्सीमा चालक सहित ३ जना र ५ वर्ष मुनिका थप एक जनासम्म यात्रा गर्न सकिनेछ । यद्यपी एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न भने पाउनेछैन् ।

सम्बन्धित समाचार