free website hit counter

सिंहदरबार छिर्ने यस्ता छन् नयाँ मन्त्री

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

काठमाडौं । सरकारको कार्यशैलीको चौतर्फी विरोध भइरहेको बेला आसन्न उपनिर्वाचनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन् । प्रदेश प्रमुखहरुको पदमुक्ति, नयाँ नियुक्ति, सचिवालय खाली गरेपछि प्रधानमन्त्री ओलीको ध्यान गृहकार्य दिएर राखिएका असफल मन्त्रीतिर सोझिएको छ । ती मन्त्रीहरुलाई मंसिरको पहिलो साताभित्रै बिदा गरी प्रभावशाली एवं अनटेष्टेड र जनताका नजरमा नगिरेका अनुहारहरुलाई सहभागी गराएर उपनिर्वाचनको मत परिणाम नेकपाको पक्षमा ल्याउने तयारी स्वरुप मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी रहेको स्रोतको दाबी छ ।

मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र पार्टीेका अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँग सैद्धान्तिक छलफल भइसकेको र केही व्यक्तिको हकमा सामान्य विवाद भए पनि यसमा लगभग सहमति भइसकेको छ । नेकपा स्रोतका अनुसार महासचिव विष्णु पौडेले अर्थ मन्त्रालयको जिम्मेगवारी पाउने बताइन्छ भने मन्त्रीमण्डलमा सहभागी हुने अन्य अनुहारहरुमा माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल मन्त्री बन्ने भएका छन् भने पूर्व माओवादीबाट देवेन्द्र पौडेल र जनार्दन शर्मा मन्त्री बन्ने निश्चित भइसकेको छ । यसैगरी उपसभामुख शिवमाया तुम्बाहम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने तयारी भएको छ । छविलाल विश्वकर्मा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, प्रभु साह, यज्ञराज सुनुवारलाई पनि मन्त्रि बनाउने सन्दर्भमा छलफल भइरहेको स्रोतको दाबी छ ।

नयाँ आउने मन्त्रीहरुका लागि कुर्सी खाली गरिदिन अर्थमन्त्री युवराज खतिवडा, कृषिमन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्ती लालबाबु पण्डित, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मात्रिका यादव, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगरलाई बिदा दिने सन्दर्भमा शीर्ष नेतृत्वबीच व्यापक छलफल भइरहेको श्रोतले बताएको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार