free website hit counter

सिईओ शाहको पदावधी सकियो, पोखरेल बन्ने भए कामु सीइओ

beemaadmin
२०७८ श्रावण ८, शुक्रबार

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० बिजय बहादुर शाहको कार्यकाल आजबाट सकिँदैछ । बीमा क्षेत्रका ज्ञाता शाहले दुई वर्षअघि विकासशिल राष्ट्रका बीमा तथा पुनर्बीमा कम्पनीहरुको संगठन ९एआईआरडिसी०को अध्यक्षको जिम्मेवारी समेत निभाएका थिए ।
२०७४ साल साउन ९ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीमा कार्यभार सम्हालेका शाहलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ । २०७४ साल असार २० गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि शाहले एनएलजी इन्स्योरेन्स कम्पनीमा ८ वर्ष बिताएका थिए । शाहको पदावधी सकिएसँगै खुल्ला प्रतिस्पर्धाबाट डिडिओमा नियुक्त भएका ईश्वर पोखरेललाई कामु सिईओको जिम्मेवारी दिने तयारी गरिएको छ ।

सम्बन्धित समाचार