काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासभित्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १०९ प्रतिशतले बढेको छ । खुद बीमा शुल्क आर्जन २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा १ अर्ब १६ करोड रुपैयाँ मात्रै थियो । कम्पनीले हालसम्म ६ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस वर्षको कुल बीमा शुल्क आर्जन भने २ अर्ब ४८ करोड रुपैयाँ छ । सिटिजन लाइफले तेस्रो त्रैमासिक अवधिमा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको दिर्घकालिन कर्जा लगानी ११ प्रतिशतले बढेको देखिन्छ । कम्पनीले दिर्घकालिन क्षेत्रमा तीन अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर मात्रै २१ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७६ करोड रुपैयाँ जम्मा भएको छ ।