काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मृत्युपछि आवश्यक प्रक्रिया पूरा गरी मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको जीतपुर, कपिलवस्तु शाखाले बीमितिको घरमै पुगेर दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमित नेत्रमणि बरालले ८ महिना अगाडि कम्पनीको जीतपुर शाखाबाट ५ लाख बिमाङ्कको डबल सुरक्षा योजना बीमालेख खरिद गरेका थिए । मृतककी श्रीमती भूमिका बराललाई कम्पनीले ५ लाख ६९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बरालले प्रिमियम बापत ५० हजार ३७३ रुपैया प्रथम बीमा शुल्क बुझाएका थिए ।
कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले कम्पनी र जीवन बीमाको महत्त्व बारे प्रकाश पार्नुभएको थियो । मृतक परिवारले दुई गुणा बिमाङ्क अन्तर्गत थप एक गुणा ५ लाख बीमा रकम बीमा समाप्ति अवधिमा सोही परिवारले फेरि भुक्तानी पाउने बताइएको छ । त्यसैगरी शाखा प्रबन्धक सम्झना आचार्यले दाबी भुक्तानी कम्पनीले डिजिटल माध्यमबाट छिटो र सहज तरिकाले गरेको बताइन। एजेन्सी म्यानेजर चन्दा पौडेलले दाबी भुक्तानी हस्तान्तरण छिटो भन्दा छिटो उपलब्ध गराएर सिटिजन लाइफले आम मानिसमा जीवन बिमाप्रती सकारात्मक धारणा बनाउन प्रयासरत रहेको बताइन् । कार्यक्रममा ब्रान्च अफिस एसोसिएट सागर बन्जाडे, एजेन्सी म्यानेजर मधु भुसाल, जमुना सापकोटा लगायत स्थानीय बुद्धिजीवी र जनप्रतिनिधिहरुको उपस्थिति थियो ।