free website hit counter

सिटिजन लाइफले दियो अस्पतालमै पुगेर उपचार खर्च

beemaadmin
२०८१ असार २५, सोमबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचारका निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा पुगी २ लाख ४२ हजार एक सय पाँच रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो । रामेछाप दोरम्बा घर भई हाल कागेश्वरी मनोहरा ९, काठमाण्डौँमा स्थायी बसोवास गर्ने कुनमाया श्रेष्ठ लाई घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो । उनले २ वर्ष अघी एजेन्सी रेशमलाल श्रेष्ठ मार्फत बीमा गराएको थिइन । कार्यक्रमा कम्पनीका सि।एजेन्सी मेनेजर गिता रायमाझी तथा एजेन्सी मेनेजर हिरा कुमारी योञ्जन , शर्मिला टण्डन लगायतको उपस्थिती रहेको थियो । श्रेष्ठले आफु उपचाररत रहेको बेला बेडमै ल्याएर उपचार खर्च उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिइन् । भने सि। एजेन्सी मेनेजर गिता रायमाझीले अफ्रयारो परेको बेला उपचार खर्च मार्फत मलम लगाउन पाएकोमा खुसी लागेको बताउदै बिरामी कुनुमाया श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना समेत ब्यक्त गरे ।

सम्बन्धित समाचार