काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका कार्यकाल सफलतापूर्वक बिताएका सिईओ वीरेन्द्र बैदवार क्षेत्रीको पदावधी अर्को कार्यकालका लागि पनि थपिने भएको छ ।
पदावधी सकिनु अघि नै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले बैदवारलाई सिईओमा नियुक्ती गर्ने निर्णय गरी स्वीकृतिको लागि नियामक निकाय बीमा समितिमा आवश्यक प्रक्रिया अघि बढाएको छ । बैदवार सिद्धार्थ इन्स्योरेन्समा विगत १४ वर्षदेखि कार्यरत अनुभवी बीमा प्रशासक हुन् ।
पछिल्लो आठ वर्षदेखि फस्ट म्यानको रुपमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् । बरिष्ठ प्रबन्धकबाट सहायक महाप्रबन्धक हुँदै २०७१ सालदेखि उनी सिद्धार्थ इन्स्योरेन्सको कार्यकारीको भूमिकामा छन् ।