free website hit counter

सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारणसभा, के छ एजेन्डा ?

beemaadmin
२०७८ जेष्ठ ६, बिहीबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वानगरेको छ । लाभांश पारित लगायतका विषयमा छलफलका लागि कम्पनीले जेठ २८ गते सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल काठमाडौंमा भर्चुअल माध्यमबाट १९ औं वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३।७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ । यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ता पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १४ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ १३ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् ।

सम्बन्धित समाचार