काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने चैत ६ गते अन्तिम दिन रहेको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बैशाख ४ गते, सोमबार ५ बजेसम्ममा १८ लाख ६३ हजार ७९४ आवेदनबाट दुई अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको दुई करोड ११ लाख ५९ हजार ७२० कित्ता शेयरको लागि आवेदन परिसकेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।