काठमाडौं । बिहीबार सुनको भाउ महंगिएको छ । असार ९ गते, सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज सस्तिएको छ । यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो कारोबार दिन, सुन तोलामा ४०० रुपैयाँले घटेको थियो । त्यस दिन, सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन पनि घटेको छ । बिहीबार चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा झरेको छ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २५५ रुपैयाँ तोकिएको थियो।