free website hit counter

सुनको भाउ लाग्यो उकालो

beemaadmin
२०७९ श्रावण २४, मंगलवार

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँ कायम भएको छ। जो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार