काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको छ। मंगलबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।