free website hit counter

सुनमा २३ सय कर थपिँदा चुरोट खिलीमै ५० पैसा

beemaadmin
२०७७ जेष्ठ १६, शुक्रबार

काठमाडौं । यस वर्षको बजेट अन्य वर्षहरुको भन्दा भिन्दै किसिमले आएको छ । कोरोना कहरका बीचमा आएको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ०७७–७८ को बजेट पछि सुनको मूल्यमा प्रतितोला २३ सय ३२ रुपैयाँ थपिने भएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ ।

चुरोटको मूल्य बढ्ने
यसैगरी सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यी वस्तुहरूमा कर वृद्धि गरेको हो । अर्थमन्त्रालयका अनुसार अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रतिखिल्ली २५ पैसा भाउ बढ्ने भएको छ । चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा स्वास्थ्य जोखिम कर बढाइएको छ । खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाई असुल गरिने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार