free website hit counter

सुनिल केसी फेरि एनएमबी बैंकको सीईओमा नियुक्त

beemaadmin
२०७७ फाल्गुन ७, शुक्रबार

काठमाडौं । सन २००८ मा नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका सुनिल केसी एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः
नियुक्त भएका छन् । ३१ वर्ष लामो बैंकिङ अनुभव भएका केसीलाई बैकिङ क्षेत्रमा कुशल र नेतृत्व क्षमता भएको व्यक्तिको रुपमा चिनिन्छ ।

बैंकको फागुन ११ गते बसेको संचालक समितिको बैठकले केसीलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल फागुन महिनाभरि मात्र रहेकाले चैत १ देखि नै उनको पुनः नियुक्ति लागु हुनेछ ।

केसीकै कार्यकालमा एनएमबी बैंकलाई तीन पटकसम्म द लण्डन टाइम्सले बेस्ट कर्मसियल बैंक अफ दि इयर नेपालको अवार्ड समेत प्रदान गरेको थियो । केसीले तत्कालिन ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) बाट बैकिङ करियर शुरु गरेका हुन् ।

सम्बन्धित समाचार