free website hit counter

सुपर लघुवित्तलाई समस्याग्रस्त घाेषणा

beemaadmin
२०७९ भाद्र २२, बुधबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै संस्थाका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेकोले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको जनाइएको छ। राष्ट्र बैंकका अनुसार कम्पनीको प्राथमिक पुँजीकोष नै १०.३१ प्रतिशत ऋणात्मक भएको छ।
राष्ट्र बैंकले स्थलगत अनुगमनपछि संस्थाभित्र भइरहेको दुरुपयोग पत्ता लगाएको थियो। त्यसपछि राष्ट्र बैंकले गत वर्ष चैत २ गते संस्थालाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावलीअन्तर्गत समस्याग्रस्त घोषणा किन नगर्नेबारे स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, संस्थाले चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेकोले समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। समस्याग्रस्त घोषणा गर्नुअघि राष्ट्र बैंकले ऋण दुरुपयोगमा संलग्नहरुलाई आर्थिक कारबाही गरेको थियो। केहीलाई बैंकिङ कसुर ऐनअनुसार कारबाही अगाडि बढाउन प्रहरीलाई लिखित आग्रह गरेको थियो।

 

सम्बन्धित समाचार