free website hit counter

सुर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न

beemaadmin
२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । उक्त भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष रघु नाथ भण्डारीको अध्यक्षतामा काठमाडौंको सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सुसम्पन्न भएको हो । उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारीहरु, कम्पनीका विभागीय प्रुमखहरु, व्यवस्थापन तह का कर्मचारी हरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा सामुहिक हक अधिकार रक्षाको लागि चालिने कदममा कम्पनी प्रतिको जिम्मेवारीलाई समेत सन्तुलित रुपमा अघि बढाउने निष्कर्ष रहेको थियो । उक्त भेलाले सुशील काफ्ले को अध्यक्षतामा ७ सदस्य नयाँ कमिटि गठन भएको छ। कार्यक्रममा बागमति प्रदेशका १७० जना कर्मचारीहरूको उपस्थिति रहेको थियो । साथै १५ बर्ष भन्दा बढी कम्पनीमा सेवा गर्ने १४ जना कर्मचारीहरूलाई कर्मचारी संघले सम्मान पत्र प्रदान गरेको जानकारी केन्द्रीय समिति अध्यक्ष रघुनाथ भण्डारिले जानकारी दिए ।

सम्बन्धित समाचार