free website hit counter

सूर्यज्योति लाइफको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

beemaadmin
२०८१ असार २१, शुक्रबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९।८० को बोनस शेयर शेयरधनीको हितग्राही डिम्याट खातामा गरिएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै उक्त आर्थिक वर्षको १०.२६ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जानकारी गराएको हो। उक्त बोनस शेयर गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो। उक्त बोनस शेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। गत वैशाख ६ गतेसम्म शेयर अभौतिकीकरण तथा कायम शेयरधनीहरुको हिग्राही खातामा बोनस शेयर जम्मा गरिएको कम्पनीले जनाएको छ। उक्त मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा भने क्रमशः बोनस शेयर जम्मा गर्दै जाने कम्पनीले जनाएको छ। वैशाख ६ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न पनि शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार