free website hit counter

सूर्यज्योति लाइफद्वारा घातक रोग दाबी रकम भुक्तानी

beemaadmin
२०८१ जेष्ठ ३१, बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफले घातक रोग वापतको दाबी भुक्तानी गरको छ । सिद्धिपुर–०४, उदयपुरका तिलक बहादुर राईले सूर्यज्योति लाइफमा बीमा गराएका थिए । उनी वैदेशिक रोजगारको क्रममा साउदी अरब गएका थिए । राई विदेशमै हुँदा उनलाई पेट सम्बन्धी क्यान्सर पहिचान भएको हुँदा वैदेशिक रोजगार म्यादी बीमाको घातक रोग बिरुद्ध आर्थिक सुरक्षा बापतको दाबी रकम ४ लाख ७५ हजार २० रुपैयाँ हस्तान्तरण गरेको हो । बीमितको घरमै पुगी सूर्यज्योति लाइफका गाईघाट शाखाका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थितिमा शाखा प्रबन्धक कमला खवासले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन । उक्त दाबी रकमले उपचारको क्रममा ठुलो राहत मिलेको कुरा जानकारी गराउँदै जीवन बीमामा घातक रोग सुविधाको महत्व आफुले हाल बुझेको तिलक बहादुर राईले बताए ।

सम्बन्धित समाचार

५ हजार ४०० रुपैयाँले बढ्यो सुनको भाउ

beemaadmin
२०८१ मंसिर ८, शनिबार

निरन्तर पाँचौ दिन पनि बढ्यो सुन

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार

गरिमा विकास बैंक १८औं वर्षमा

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार