free website hit counter

सूर्या लाइफद्वारा अर्जुनको परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ पुष १३, मंगलवार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कावासोती शाखाले बीमित अर्जुन प्रसाद भट्टको परिवालाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मध्यविन्दु नगरपालीका ७ का मृतक बीमित अर्जुन प्रसाद भट्टको श्रीमति शुसिला भट्टलाईलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो । बीमितको परिवारलाई कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना मगर, एजेन्सि म्यानेजरहरु रविना पाण्डे, लिला वल्लव कंडेल, लक्ष्मि पोख्रेल, कल्पना पाण्डे, विष्णु केसीको उपस्थिति चेक हस्तान्तरण गरिएको हो । बीमित भट्टको ५ लाख बीमाङ्क रकम २४ हजार बोनश गरि ५ लाख २४ हजार मृतकका श्रीमति शुसिला भट्टलाई हस्तानतरण गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार